करोडौँ मूल्यका गरगहनासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडाैं | फागुन १७, २०७९

करोडौँ मूल्यका गरगहनासहित तीन भारतीय नागरिक पक्राउ

चितवन: एक करोड रुपियाँभन्दा बढी मूल्य पर्ने गरगहना र तीन भारतीय नागरिकलाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलनमा चितवन प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले सोबारे जानकारी गराउनुभएको हो ।

 

सुराकीको आधारमा भारतीय डब्लु बी १२ ए–भी ५५६६ नम्बरको टाटा कम्पनीको नेक्सन गाडीमा लुकाई छिपाई ल्याएका ती गहनासहित तिनीहरूलाई प्रहरीले पक्राउमा गरेको थियो ।

 

पक्राउ पर्नेमा कार चालक भारत, उत्तर प्रदेश, बलिया जिल्ला, फेफना थाना बस्ने वर्ष ४२ का विनोद प्रसाद, भारत पश्चिम बङ्गाल, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने वर्ष ५१ का गणपतकुमार तोसावर र सोही स्थानका वर्ष ४२ का नरेश बर्मा छन् ।

 

उनीहरूले गाडीको सिट मुनी र विभिन्न स्थानमा लुकाई छिपाई ल्याएका सुनका ६३.८९८ तोला र हिरा जडित २२.८७८ तोला गहना बरामद गरेको प्रहरीले जानकारी दिएको छ । ती गहना सुनचाँदी व्यवसायीसँगको रोहभरमा तौल र गुणस्तर जाँच गर्दा एक करोड १० लाख रुपियाँ बराबरको भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

 

पक्राउ परेका व्यक्तिहरू, गाडी र गरगहना राजश्व अनुसन्धान विभागमा पठाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।  नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्...

थप पढ्नुहोस्

काठमाडौंः:  नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो।  एमालेले प्रत्येक प्रदेशमा १/१ जना ...

थप पढ्नुहोस्

पर्सा:   सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ ।   जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वप...

थप पढ्नुहोस्